FAQs Complain Problems

अस्थायी नक्शा पास

सेवा प्रकार:

लाग्ने समय: 
सर्जिमिन भएर आएको ७ दिन भित्र (नक्शा स्वीकृत गराउने अधिकारी कार्यालयमा उपस्थित भएमा मात्र)
जिम्मेवार अधिकारी: 
भवन तथा बस्ती विकास उपशाखा
सेवा दिने कार्यालय: 
महाकाली नगरपालिका
सेवा शुल्क: 
महाकाली नगरपालिकाको भवन तथा बस्ती विकास मापदण्ड २०७५ ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ५. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी ६. राजिनामाको प्रतिलिपी ७. चार किल्ला प्रमाणित मुचुल्का ८. स्वीकृत प्राप्त प्राविधिकबाट तयार भएको घरको डिजायन नक्शा, न.पा.ले तोकेको स्केल वमोजिम साईजको ३/३ प्रति ९. बनिसकेको घरका तला पूर्व स्वीकृति नक्शाको प्रतिलिपी १०. अरुको जग्गामा घर निर्माण गर्नु पर्ने भएमा जग्गाधनीको मञ्जुरीनामा ११. सरसफाई परिचय पत्र (दोश्रो घर निर्माण गर्ने भए पछि मात्र)

प्रक्रिया: 

नगरपालिकाद्बारा निर्धारण मापदण्ड तथा प्रचलित नियम अनुसारको नक्शा तयार परी घरधनीले पेश गरने । लाग्ने दस्तुर दाखिला गराई दर्ता गराउने र साध सधियारको नाममा १५ दिने दावी विरोधको सूचना टाँस गराउने, सूचनाको म्याद पुरा भए पछि दावी विरोध नआएमा सम्वन्धित जग्गा सम्वन्धित वडाध्यक्षको रहोवरमा सर्जिमिन मुचुल्का गराउने गरी कार्यको अस्थायी ईजाजत पत्र दिइने छ ।