FAQs Complain Problems

घर नक्शा पास र स्वीकृती

सेवा प्रकार:

लाग्ने समय: 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम
जिम्मेवार अधिकारी: 
भवन तथा बस्ती विकास उपशाखा
सेवा दिने कार्यालय: 
महाकाली नगरपालिका
सेवा शुल्क: 
महाकाली नगरपालिकाको भवन तथा बस्ती विकास मापदण्ड २०७५ ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन

२. नेपाली नागरिकता पत्रको प्रतिलिपी

३. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी

४. राजिनामाको प्रतिलिपी

५. चारकिल्ला प्राणित मुचुल्का

६. स्वीकृत प्राप्त प्राविधिकबाट तयार  भएको डिजाईन नक्शा, न.पा.ले तोकेको स्केल बमोजिम साईजको ३/३ प्रति

बनिसकेको घरमा तला पुर्व स्वीकृती प्रतिलिपी

७. अरुको जग्गामा घर निर्माण गर्नु पर्ने भएमा जग्गाधनीको मञ्जुरीनामा सरसफाई परिचय पत्र (दोश्रो घर निर्माण गर्ने भए पछि मात्र)

प्रक्रिया: 

१.  न.पा.द्बारा निर्धारण मापदण्ड तथा प्रचलित नियम अनुसारको सुचीकृत कन्सल्टेन्टबाट नक्शा तयार पारी घरधनीलाई पेश गर्न लगाउने

२. लाग्ने दस्तुर दाखिला गराई दर्ता गराउने र साध सन्धियारको नाममा १५ दिने दावी विरोधको सूचना टाँस गराउने, सूचनाको म्याद पुरा भए पछि दावी विरोध नआएमा सम्वन्धित जग्गा सम्वन्धित वडाध्यक्षको।रहोवरमा सर्जिमिन मुचुल्का गराउने गरी plinth लेवल सम्मको निर्माण कार्य पुरा गरी प्राविधिकको प्रतिवेदन सहित सम्बन्धित जग्गाधनीले निवेदन दिए पछि प्राविधिकले चेक जाँज गरी सुपर स्टक्चर ईजाजत पत्र प्रदान गर्ने सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी प्रविधिकको प्रतिवेदन सहित सम्बन्धित जग्गाधनीले निवेदन दिए पश्चात प्राविधिकले चेक जाँच गरी गराई सम्पन्न प्रमाण पत्र प्रदान गर्ने निर्माण कार्य सुरक्षा धरौटी फिर्ता दिने ।